क्यानको महाप्रबन्धकमा वृतान्त खनाल

नेपाल क्रिकेट संघ (क्यान) ले महाप्रबन्धकमा वृतान्त खनाललाई नियुक्त गरेको छ । क्यानले आइतबार महप्रबन्धकमा खनाललाई नियुक्त गरेको जनाएको हो । क्यानका अनुसार उनले १६ अप्रिलबाट आफ्नो जिम्मेवारी सम्हाल्ने छन् । 
  
खनालले यसअघि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्था/विश्वविद्यालय, अनौपचारिक क्षेत्र र अन्तर्राष्ट्रिय संस्थाहरूसँग काम गरिसकेका छन् । 

क्यानले फेब्रुअरीमा महप्रबन्धकका लागि आवेदन माग गरेको थियो । त्यसका लागि कुल ३४ आवेदन प्राप्त हुँदा छनोट समितिले २७ मार्चमा छनोटमा परेका ९ जना उम्मेदवारको अन्तिम अन्तर्वार्ता लिएको थियो । 
 





  • प्रकाशित मिति : चैत २७, २०७८ आइतबार ११:३९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया