सुनको मूल्य फेरि एक लाख नाघ्यो

साताको पहिलो दिन आइतबार सुनको भाउ ८ सय रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  आइतबार छापावाल सुनको भाउ तोलाको १ लाख ३ सय रुपैयाँ कायम भएको छ ।

यसअघि, गत साताको अन्तिम दिन शुक्रबार सुन तोलाको ९९ हजार पाँच सय कारोबार भएको थियो । आइतबार तेजाबी सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ १० रुपैयाँले बढेको छ। शुक्रबार एक हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी एक हजार तीन सय ६५ रुपैयाँ निर्धारण भएको छ ।  





  • प्रकाशित मिति : चैत २७, २०७८ आइतबार ११:४८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया