एएफसी फुटसल : उज्वेकिस्तानविरुद्ध नेपाल ५–१ ले पराजित

एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।

किर्गिस्तानको बिस्केकस्थित गाजप्रोम स्पोर्ट्स कम्प्लेक्समा आज सम्पन्न खेलमा नेपाल ५–१ गाेल अन्तरले पराजित भएको हो । उज्वेकिस्तानलाई जित दिलाउन रोपिभ इख्तियोरले दुई गोल तथा खुस्निद्दीन निशोनोभ, उश्मोनोभ अकबर र एब्बोसले एक/एक गोल गरे । 

नेपालका मणि लामाले मात्र एक गोल फर्काउन सके । छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेलमा सोमबार ताजकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।





  • प्रकाशित मिति : चैत २७, २०७८ आइतबार १२:३४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया