पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ आदेश जारी भएकाे छ ।
प्रधानमन्त्री पदबाट हटेको २४ घण्टा नबित्दै उनीविरुद्ध पक्राउ आदेश जारी भएकाे हाे ।
हिजाे संसदमा विश्वासको मत गुमाएका खानविरुद्ध पाकिस्तानी सेनाले पक्राउ आदेश जारी गरेको पाकिस्तानी मिडियाले जनाएका छन् ।
सर्वोच्च अदालतले सदर गरेको विपक्षीहरूले ल्याइएको अविश्वासको प्रस्तावमाथि शनिबार मध्यरातपछि मतदान गरिएको थियो ।
यति मात्र नभई, सेनाले खान सरकारका मन्त्री तथा उच्च पदस्थ अधिकारीहरूलाई देश नछाड्न पनि आदेश दिएकाे छ।
खान निवासमा आज बिहान छापा मारिएकाे छ । हिजाे नै खान सरकारी निवास छाडी आफ्नाे निवासमा आएका थिए ।
पाकिस्तानको संसद्ले सोमबार नयाँ प्रधानमन्त्री चयन गर्नेछ । नयाँ प्रधानमन्त्रीले अर्को चुनावको मिति अर्थात् सन् २०२३ को अक्टोबरसम्म सत्ता सम्हाल्नेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।