नगराइन नगरपालिकाको मेयरमा निधिनिकट झाको दाबी

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनुषाको नगराइन नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट देवेन्द्र झा (सोभित)ले दाबी गरेका छन् । कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिनिकट मानिने झाले यसपटक मेयरमा आफू उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

झाले निर्वाचनको लागि आन्तरिक तयारी तीव्र पारेको उल्लेख गर्दै भने, ‘सबैको साथ र सहयोगका हिसाबले मैले मेयर पदमा चुनाव लड्ने तयारी गरिरहेको छु ।’  ‘नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र रामसरोज यादव पक्षधर उम्मेदवार उनले भने,‘यसपटकको चुनावमा मैले उम्मेदवारी दिने मुड बनाएको छु । यसमा सबैले मलाई सघाउनुपर्छ ।’

उनले भ्रष्टाचारलाई जरैदेखि समाप्त पार्नका निमित्त पनि आफ्नो उम्मेदवारी रहेको बताए । ‘मलाई नगराइन नगरपालिकाको मेयर पदको लागि अघि बढाइयो भने म तयार छु,‘उनले भने,‘मलाई मौका मिल्नुपर्छ ।’

को हुन् झा ?

नेपाली राजनीतिमा आफ्नो जीवनको ६० वर्ष बिताएका व्यक्ति हुन्, देवचन्द्र झा । ६० वर्षअघि आफ्नो जागिर, सम्पत्ति सबै छोडेर परिवर्तनका निमित्त अहम भूमिका निर्वाह गरेका झाले आजसम्म कुनै लाभको पद पाएका छैनन् । 

न त जिल्ला, न प्रदेश र न संघमा नै कुनै पनि ठाउँमा कुनै पनि पदको आकांक्षा उनले देखाएका छैनन् । उनी केवल आफ्नो गाउँ, नगर र जनताको सेवा गरिरहेका छन् । नगराइन नगरपालिकामा त्याग, संघर्ष र अरुको लागि मात्र बाच्ने प्रेरणाका स्रोत हुन्, देवचन्द्र झा ।



उनले नगराइन नगरपालिकालाई नयाँ समृद्ध नगर बनाउने आफ्नो सपना रहेको सुनाए । ‘म कार्यकारी भूमिकामा नभए पनि नगरपालिकाको विकास तथा जनताको सेवाका लागि भूमिका खेलेकै छु । अब भने मेयर बनेर अझ बढी काम गर्ने चाहना छ,’ उनले भने, ‘हालका मेयरको अगुवाइमा भएका राम्रा कामलाई निरन्तरता दिने र अधुरा कामलाई पूरा गर्न चाहन्छु ।’

शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने, पर्यटन, सड़क, स्वच्छता, स्वास्थ्य र कृषि जस्तो क्षेत्रमा काम गर्ने र रोजगारीको सिर्जना गर्नेलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रलाई अझै बढी आकर्षक बनाउन सकिने उनले बताए ।



  • प्रकाशित मिति : चैत २७, २०७८ आइतबार २१:२२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया