मकवानपुरमा चट्याङ लागेर घाइते भएकी डिम्डुङको उपचारका क्रममा  मृत्यु

मकवानपुरको राक्सिराङ गाउँपालिका–१, गडुवानमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । 

आइतबार साँझ हावाहुरी, पानीसँगै परेको चट्याङ लागेर स्थानीय ४२ वर्षीया फुलमाया डिम्डुङ गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

घरमै बसिरहेकी फुलमाया र उनका श्रीमान् चट्याङ लागेर घाइते भएका थिए । चट्याङ लागेर गम्भीर घाइते भएकी फुलमायालाई आफन्तले उपचारका लागि हेटौंडास्थित चुरेहिल हस्पिटल ल्याएका थिए । 

उपचारकै क्रममा मृत्यु भएको हो । उनका श्रीमानको अवस्था सामान्य रहेको बताइएको छ ।





  • प्रकाशित मिति : चैत २७, २०७८ आइतबार २२:१०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया