बाइडेन र मोदीबीचको भर्चुअल भेट आज, युक्रेनसहित केही महत्वपूर्ण विषयमा छलफल हुने

अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भर्चुअल कुराकानी हुने भएको छ । एक महिनापछि फेरि बाइडेन-मोदीले कुराकानी गर्न लागेका हुन् । 

गत महिना मात्र यी दुई नेताबीच भेटवार्ता भएको थियो ।  बाइडेन र मोदीबीचको भेटमा दक्षिण एसियामा देखिएको पछिल्लो घटनाक्रम र साझा चासोका साथ हेरिएको विश्वव्यापी घटनाक्रमका बारेमा छलफल हुनेछ ।

भारतीय सञ्चारमाध्यमका अनुसार दुई नेताबीच कोरोना महामारी, जलवायु संकट, विश्वव्यापी अर्थतन्त्रलगायत विषयमा कुराकानी हुनेछ । ह्वाइट हाउसका अनुसार बाइडेनले मोदीसँगको भेटमा रुस–युक्रेन युद्धको मुद्दा पनि उठाउनेछन् । साथै, रुस–युक्रेन युद्धले विश्व खाद्य आपूर्तिमा पार्ने प्रभावबारे पनि छलफल हुनेछ ।

रुस र युक्रेनबीच भारतको अडानप्रति अमेरिकाले पहिले नै आपत्ति जनाएको छ । अमेरिका भारतले रुससँगको सम्बन्धलाई सीमित गरोस् भन्ने चाहन्छ । भारतले रुससँग तेलको व्यापार जारी राखेको छ । अमेरिकाले भने त्यसको समस्या भोगिरहेको छ । भारतले यो सम्बन्धलाई निरन्तरता दिएमा मूल्य चुकाउनुपर्ने अमेरिकाले चेतावनी दिइसकेको छ । 





  • प्रकाशित मिति : चैत २८, २०७८ साेमबार ७:४९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया