९३ किलो गाँजासहित महोत्तरीबाट एक युवक पक्राउ

महोत्तरीमा प्रतिबन्धित लागुऔषध (गाजा) सहित एकजना पक्राउ परेका छन । विशेष सूचनाका आधारमा शसस्त्र प्रहरी छिनमस्ता बाहिनीबाट खटिएको प्रहरी टोलीले गएराति धादिङ थाक्रे निवासी ३६ वर्षीय रमेश तामाङलाई पक्राउ गरेको हो । 

छिनमस्ता बाहिनीका बाहिनीपति गणेश ठाडामगरका अनुसार उनलाई जिल्लाको मनरासिस्वा नगरपालिका सुनौल गाउँबाट ट्रकसहित ९३ केजी गाजा नियन्त्रण लिइएको छ ।

थप अनुसन्धानको लागि ना ३ ७९३५ नम्बरको ट्रक र आरोपित तामाङलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय महोत्तरी बुझाउने तयारी भइरहेको शसस्त्र प्रहरी मधेश प्रदेशका प्रमुखसमेत रहेका ठाडामगरले जानकारी दिए ।  





  • प्रकाशित मिति : चैत २८, २०७८ साेमबार ८:२५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया