खोटाङ बन्यो कोरोना संक्रमितमुक्त जिल्ला
फरकधार / २८ चैत, २०७८

खोटाङ कोभिड–१९ संक्रमित शून्य जिल्ला बनेको छ । बाँकी दुई सक्रिय संक्रमितले कोभिड–१९ को संक्रमण जितेसँगै आइतबारदेखि जिल्ला संक्रमितमुक्त जिल्ला बनेको हो । 

आठ गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लामा आइतबार २५ जनाको एन्टिजेन परीक्षण गर्दा कसैलाई पनि संक्रमण पुष्टि नभएको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भीष्म पाण्डेले जानकारी दिए । 

जिल्लामा कोरोना संक्रमणको पहिलो, दोस्रो र तेस्रो लहरमा गरी ३ हजार ५०२ जनालाई संक्रमण पुष्टि भएकामा ३ हजार ४५८ जनाले संक्रमण जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म जिल्लाका १ लाख २१ हजार ४३० जनाले पहिलो मात्राको र १ लाख ७ हजार ४२ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् । कोभिड–१९ को पहिलो र दोस्रो लहरमा जिल्लाका १५ जनाले ज्यान गुमाएका थिए । 



जिल्लामा महामारीमा उपयोगका लागि जिल्ला अस्पताल सहित ७ अस्पतालमा २३४ बेड उपलब्ध छ । यस्तै, १ थान भेन्टिलेटर, ७ वटा एम्बुलेन्स, २०० थान अक्सिजन सिलिन्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 



कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले संक्रमणबाट बच्नका लागि स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ ।  

  • प्रकाशित मिति : चैत २८, २०७८ साेमबार ८:३१:४४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया