कैलालीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् ।
जिल्लाको मोहन्याल गाउपालिका-१ राक्सामा घर भएकी ३२ वर्षीया चुमाकुमारी थापा बुढामगरले ४३ वर्षीय श्रीमान नारायण बुढा मगरको हत्या गरेकी हुन् ।
उनले आइतबार राति १२ बजेतिर धारिलो हतियार प्रयोग गरेर आफ्नै श्रीमानको हत्या गरेको स्वीकार्दै इलाका प्रहरी कार्यलय पण्डौनमा मृतकको टाउको बुझाएकाे कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।
उनले भने, ‘हत्या गरी टाउको बोरामा हालेर इलाका प्रहरी कार्यालय, पण्डौनमा बुझाएकी हुन् । यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।’
मृतक नारायण बुढा मगरको टाउको र शरीर अलग पारिएको अवस्थामा छ।
श्रीमान-श्रीमतीबीच यसअघि पनि बेलाबेला झगडा हुने गरेको बुझिएको प्रहरीले जनाएको छ ।
मृतकको मुचुल्का उठाउन प्रहरी घटनास्थल पुगेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।