केही समय धैर्य गर्न आवश्यक छ, निश्चय नै स्थिति सुधार हुन्छ : कायममुकायम गभर्नर ढुंगाना

नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा. निलम ढुंगाना (तिम्सिना) ले बैकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नुपर्ने बताएकी छन् सोमबार काठमाडौंमा भएको तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा उनले लघुवित्त तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले सबैले केही समय धैर्य गर्नुपर्ने बताएकी हुन् ।

कायममुकायम गभर्नर ढुंगानाले बैंकिङ क्षेत्र मात्रै नभएर लघुवित्तमा समेत तरलता र ब्याजदरको समस्या रहेका बताइन् । तरलता तथा ब्याजदरमा आएको उतारचढावको कारण समग्र अर्थतन्त्र र जनताले पीडा भोग्नु परेको उनको भनाइ छ ।  

‘समावेशी आर्थिक विकासका लागि भएका नेपालमा भएका विभिन्न प्रयासका बाबजुद नेपालको कुल जनसंख्याको १८ प्रतिशत हिस्सा अझै पनि गरिवीको रेखामुनि रहेको छ । अझै पनि २० प्रतिशत जनसंख्याको हिस्सा औपचारिक वित्तीय पहुँचभन्दा बाहिर रहेको स्थितिमा लघुवित्त वित्तीय संस्थाहरूले गरिवी निवारण, आर्थिक समावेशी करण र समग्र आर्थिक विकासको लागि निश्चय नै प्रभावकारी साधन मानिएको छ,’ कायममुकायम गभर्नर ढुंगानाले भनिन्, ‘लघुवित्तले गरिबी र लक्षित समुदायको आर्थिक पुनरउत्थान गर्न लैंगिक हिंसा र महिला शशक्तिकरणलाई टेवा दिन आर्थिक असमानतालाई कम गर्न मदत गदै आएको छ । लघुवित्तले वित्तीय पहुँचबाट बञ्चित भएका समुदायलाई वित्तीय पुहँच पुर्‍याएर स्वरोजगार बनाएको छ ।’

उनले व्यापार चक्रको पनि साइकल हुने भएकाले विस्तारै सबै कुरामा सुधार आउँदै जाने बताइन् । नेपालको गरिवी निवारण तथा वित्तीय पहुँचभन्दा बाहिर रहेका जनसंख्याको २० प्रतिशत समुदायलाई लघुवित्त संस्थाहरू प्रभावकारी साधन भएको कायममुकायम गभर्नर ढुंगानाको भनाइ छ । 

उनले अगाडि भनिन्, ‘अहिले समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेको अवस्थामा लघुवित्त संस्थाहरूमा पनि तरलताको चाप परेको छ । ब्याजदरको समेत समस्या रहेको छ । अहिले लघुवित्तले मात्रै नभएर समग्र अर्थतन्त्र र जनताले पीडा भोग्नु परेको छ । सधैंभरि सहज परिस्थिति हुँदैन । व्यापार चक्रको पनि साइकल हुन्छ भन्ने बुझेर धैर्यता लिनु आवश्यक छ । निश्चय नै स्थिति सुधार हुन्छ ।’  





  • प्रकाशित मिति : चैत २८, २०७८ साेमबार १२:३३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया