एकीकृत समाजवादीको घोषणापत्र : गणतन्त्र स्थापनामा नेपाल-खनालकाे नेतृत्वदायी भूमिका

नेकपा एकीकृत समाजवादीले सरकारले विभिन्न समयमा गरेका चर्चित ‘११ वटा कार्यक्रम’लाई पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्री र मन्त्री हुँदा भएको दाबी गरेको छ । 

आइतबार पारित भएको स्थानीय तह निर्वाचन घोषणापत्र-२०७९ मा एकीकृत समाजवादीले २७ वर्षअघि सञ्चालन भएको ‘आफ्नो गाउँ, आफैं बनाऊ’ अभियानको तयारी अध्यक्ष नेपालले गरेको उल्लेख छ । 

देशको स्थानीय विकासको क्षेत्रमा आधारभूत परिवर्तन ‘आफ्नो गाउँ, आफैं बनाऊ’ अभियानका कारण आएको मानिन्छ । 

पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारमा उपप्रधानमन्त्री हुँदा नेपालले अभियानसहितको नीति तथा कार्यक्रमको मस्यौदाको तयारी गरेको घोषणापत्रमा भनिएको छ ।

अभियानकै कारण हाल स्थानीय तहमा बजेट गएको र विकासमा नयाँ आयाम थपिएको पनि दाबी एकीकृत समाजवादीको छ । 

समाजवाद उन्मुख अर्थतन्त्रको आधारशिला तयार गर्न ‘गाउँ गाउँमा सहकारी, घरघरमा रोजगारी’ कार्यक्रम नेपाल नेतृत्वको सरकारले सञ्चालन गरेको दाबी पनि घोषणापत्रमा उल्लेख छ । 



पुष्पलाल लोकमार्ग (मध्यपहाडी), काठमाडौं–निजगढ द्रुतमार्ग, देशलाई सुरुङ युगमा प्रवेश गराउने, स्थानीय तहमा महिला र उत्पीडित समुदायको उपस्थिति बढाएको र शान्ति स्थापनाका लागि आएको संयुक्त राष्ट्रसंघीय शान्ति मिसन ‘अनमिन’लाई बिदाइ गरेको गतिविधिलाई पनि एकीकृत समाजवादीले उपलब्धि भनेको छ । 

यस्तै, गणतन्त्र स्थापनाका लागि नेपालले नेतृत्वदायी भूमिका निर्वाह गरेको विषय पनि घोषणापत्रमा समावेश छ । 
 



  • प्रकाशित मिति : चैत २८, २०७८ साेमबार १५:४०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया