पछिल्लो २४ घण्टामा देशभर थप २२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप २२ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ हजार ९७२ जनाको पिसिआर परीक्षण गर्दा २२ जना र १ हजार १७२ जनाको एन्टिजेन परीक्षण गर्दा ० जना गरी २२ जनामा संक्रमण पुष्टि भएको जनाएकाे छ ।
पछिल्लाे २४ घन्टामा कसैकाे पनि काेराेना संक्रमणबाट मृत्यु भएकाे छैन । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ११ हजार ९५१ रहेकाे छ।
यही अवधिमा ४६ जना निकाे भएका छन् भने हाल देशभर ५६८ जना सक्रिय संक्रमित रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।