युद्धमा महिलामाथि भएका हिंसाबारे छानविन गर्न राष्ट्रसंघको माग

राष्ट्रसंघले युक्रेनमा महिलाविरुद्ध भइरहेका हिंसा छानविन गर्न आह्वान गरेको छ। 

युक्रेनमा रुसी हिंसा रोक्न तथा बालबालिकाहरूको रक्षा गर्न राष्ट्रसंघका उच्च अधिकारीहरूले आह्वान गरेका हुन् ।

‘यो युद्ध अब रोकिनुपर्छ’, लैंगिक समानता र महिला सशक्तीकरणका लागि राष्ट्रसंघकी निर्देशक सिमा बाहोउसले सुरक्षा परिषदको बैठकमा भनिन् । 

युक्रेनमा रुसी सेनाले महिलालाई बलात्कार गरेका विवरणहरू सार्वजनिक भइरहेका बेला राष्ट्रसंघले महिला हिंसा छानविनका लागि आह्वान गरेको हो । 

केही साताअघि एक रुसी सेनाले युक्रेनी पुरुषको हत्या गरेर उनकी श्रीमतीलाई बलात्कार गरेको समाचार सार्वजनिक भएको थियो । 

‘हामीले बलात्कार र यौन हिंसाका घटनाहरू बढ्दो रूपमा सुनिरहेका छौं ।  न्याय र जवाफदेहिता सुनिश्चित गर्न यी आरोपहरूको स्वतन्त्र रूपमा छानबिन हुनुपर्छ’, उनले भनिन् । 



युक्रेनी नागरिकलाई रुसी सेनाले पाशविक व्यवहार गरेको हालै युद्धग्रस्त क्षेत्रको यात्रा गरेर फर्किएकी बाहौसले बताइन् । 

युद्धमा भएका हिंसा र गैर नागरिकको हत्या छानविन गर्न रुस सहमत हुन्छ वा हुँदैन भन्नेबारेमा प्रष्ट भइसकेको छैन् । 



रुसले सोमबार सुरक्षा परिषदका सदस्यहरूले लगाएका आरोपहरू फेरि अस्वीकार गरेको छ । 

रुसी हमलाको जोखिममा सबैभन्दा बढी बालबालिका र महिलाहरू परेको राष्ट्रसंघीय बाल कोष युनिसेफले जनाएको छ ।

युद्धका कारण लाखौं बालबालिकाहरू युक्रेनबाट आन्तरिक र बाह्य रूपमा विस्थापित भएका छन् । त्यस्तै, लाखौं बालबालिका पर्याप्त खानाबाट बन्चित भएको पनि युनिसेफको भनाइ छ । 
 

  • प्रकाशित मिति : चैत २९, २०७८ मंगलबार ११:४६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया