प्रो क्लब क्रिकेट च्याम्पियनसिप : एपिएफको सान्त्वना जित
फरकधार / २९ चैत, २०७८

नेपाल प्रो क्लब च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपिएफले पहिलो जित दर्ता गरेको छ । 



एपिएफले समूह ‘बी’ अन्तर्गत आज सम्पन्न खेलमा बंगलादेशको ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमीमाथि सात विकेटको जित हात पारेको हो ।

१२६ रनको लक्ष्य एपिएफले १९ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍याे । उसका लागि कप्तान प्रदिप ऐरीले अर्धशतकीय पारी खेले । ५४ रनमा अविजित रहेका उनले ५८ बलमा ६ चौका प्रहार गरे । 



दीपक बोहराले ४२ र सन्दीप जोराले १० रनको योगदान दिए । ट्यालेन्ट हन्टका लागि मोहम्मद मशर्रफले एक विकेट हात पार्दा दुई विकेट रन आउटका रूपमा प्राप्त भयो ।



यसअघि भैरहवाको सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ट्यालेन्ट हन्टले निर्धारित २० ओभमा आठ विकेट गुमाउँदै १२५ रन बनाएको थियो । 

ट्यालेन्ट हन्टका लागि असदुरजमान बरेनायोले सर्वाधिक ३० रनको योगदान दिए । शरियारे रिमले २१ र राज बमले २१ रन जोडे ।

एपिएफका लागि प्रदिप ऐरी र भुवन कार्कीले दुई–दुई तथा किशोर महतोले एक विकेट हात पार्दा तीन विकेट रन आउटका रूपमा प्राप्त भयो । 

जितसँगै एपिएफले तीन खेलमा दुई अंक जाेड्दा पराजित ट्यालेन्ट हन्ट अंकविहीन बन्यो । 
 

  • प्रकाशित मिति : चैत २९, २०७८ मंगलबार १४:२५:३६,   अन्तिम अपडेट : चैत २९, २०७८ मंगलबार १४:३६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया