गाउँका बस्ती रित्तिँदै जाँदा सहर अव्यवस्थित हुँदै गएको छ : मन्त्री कार्की
फाइल फाेटाे

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र अर्थतन्त्रको विकासका लागि ग्रामीण र सहरी क्षेत्रको बीचको विकासलाई दिगो बनाउनु पर्नेमा जोड दिएका छन् ।

मंगलबार सहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै मन्त्री कार्कीले यस्ताे बताएका हुन् ।

उनले सबै नागरिकको जीवनस्तर उकास्न मानवीय एवं प्राविधिक सञ्जालको जडान गर्न आवश्यक रहेको पनि बताउए । 

मन्त्री कार्कीले भने, ‘आजको युग सूचना, सञ्चार र प्रविधिको युग हो । यसले संसारलाई मानव जीवनमा कहिल्यै नभएको गतिमा परिवर्तन गर्नुका साथै हाम्रो बाँच्ने तरिकालाई असर गरिरहेको छ । सूचना र सञ्चार प्रविधिको बढ्दो उपस्थितिका कारण अन्तरिक्ष र शहरी ठाउँहरुको बारेमा हाम्रो सोचाइले चुनौती दिइरहेको अवस्था छ । समग्र अर्थतन्त्रको विकासका लागि ग्रामीण र सहरी क्षेत्रको बीचको विकासलाई दिगो बनाउन र सबै नागरिककाे जीवनस्तर उकास्न मानवीय र प्राविधिक दुवै सञ्जालको जडान गर्न आवश्यक छ ।’ 

समाज बिस्तारै अनेकौं सपनाका कारण बस्ती रित्तिँदै गएको र सहरमा बस्ने आकांक्षाले सहरलाई अव्यवस्थित बनाउँदै गएको उनकाे भनाइ छ।

‘अहिले हाम्रो समाज बिस्तारै अनेकौं सपनाले गर्दा गाउँका बस्ती रित्तिँदै गएका छन् । गाउँका बस्ती एकातर्फ रित्तिँदै गएका छन् भने अर्कोतर्फ सहरमा बस्ने आकांक्षाले ‍सहरलाई अव्यवस्थित बनाउँदै गएको छ । यसले हाम्रो समाजमा गरिबीदेखि लिएर निराशा उत्पन्न हुने किसिमको सिर्जना भइरहेको छ । यतातर्फ हामीले ध्यान दिन सकेनौं भने हाम्रो विकास एकाकी हुन सक्दछ’, मन्त्री कार्कीले भने ।



उनले अव्यवस्थित सहरीकरणका समस्यालाई समाधान गरेर समाजलाई गरिबीबाट माथि लाने, गाउँलाई सफा, सुन्दर र स्वच्छ बनाउने र सहरलाई पर्यटकको आकर्षण केन्द्र बनाउने कुरामा पनि जोड दिए । 



  • प्रकाशित मिति : चैत २९, २०७८ मंगलबार १५:४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया