मधेस प्रदेश सभाको आठौं अधिवेशन अन्त्य

मधेस प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सभाको आठौं अधिवेशन अन्त्य गरेका छन् । 

मंगलबार बसेको दोस्रो बैठकमा सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुख मिश्रबाट प्राप्त पत्र सदनमा पढेर सुनाएका हुन् । 

सरकारको सिफारिसमा प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम मंगलबार राति १२ बजेदेखि आठौं अधिवेशन अन्त्य गरेका छन् । 

प्रदेश सभाको आठौं अधिवेशन मंसिर २९ गतेदेखि सुरु भएको थियो । 

चार महिनाको अवधिमा २० वटा बैठकमा सरकारबाट तीनवटा विधेयक दर्ता भएको छ भने चारवटा विधेयक सभाबाट पारित भएको हो । 

त्यस्तै, एउटा विधेयक प्रमाणीकरण भएको छ । 



आठौं अधिवेशनमा मंगलवारको दोस्रो बैठकबाहेक २८ घण्टा चलेको सभामुख यादवले जानकारी गराए ।
 



  • प्रकाशित मिति : चैत २९, २०७८ मंगलबार १६:१५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया