नेप्से परिसूचक ३४.७९ अंकले गिरावट

साताको दोस्रो दिनको कारोबारमा मंगलबार पनि सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ । 

सोमबार ४४.५६ अंकले घटेको मंगलबार पनि नेप्से परिसूचक ३४.७८ अंक घटेर २३८५.०१ बिन्दुमा झरेको छ । 

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.७६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अंक घटेको छ ।

मंगलबार कारोबारमा आएका २३७ कम्पनीका ३७ लाख ८३ हजार २४ कित्ता सेयर १ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

सोमबारको तुलनामा नेप्से सूचकसँगै कारोबार रकम गिरावट आएको छ ।  सोमबार २ अर्ब २६ करोड ७ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको सूचक बढेको छ । होटल तथा पर्यटन उपसमूहको सूचक ०.१० प्रतिशतले बढेको छ । त्यस्तै अन्य उपसमूहको सूचक सबैभन्दा बढी २.३२ प्रतिशतले घटेको छ ।



मंगलबार नेप्से सूचक ओरालो लागे पनि नेष्डो लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

नेष्डो समृद्ध लघुवित्त सेयरमूल्य १० प्रतिशतल बढेको छ । तर यता इमर्जिङ्ग नेपाल, न्यादी हाइड्रोपावर, घलेम्दी हाइड्रो, राष्ट्र उत्थान लघुवित्त र हिमाल दोलखा हाइड्रोपावर सेयर मूल्य गिरावट आएको छ ।



कारोबार रकमका आधारमा ५ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री गरेर हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । त्यस्तै दोस्रोमा नविल बैंकको ४ करोड ३४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

 

  • प्रकाशित मिति : चैत २९, २०७८ मंगलबार १६:५०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया