गभर्नर निलम्बन गर्नु सरकारको गैरजिम्मेवारीपन : डा. शेखर

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्बन गर्नु सरकारको गैर जिम्मेवारीपन भएको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा आयाजित एक कार्यक्रममा नेता कोइरालाले यस्तो बताएका हुन् । 

४० करोड रुपैयाँ विदेशी रकम नेपालमा आउँदा राष्ट्र बैंकले छानबिन गर्न पाउने भन्दै नेता कोइरालाले अर्थ मन्त्रालयले गरेका गलत काम राष्ट्र बैंकले रोक्ने प्रवधान अधिकांश लोकतान्त्रिक देशमा हुने उनले बताए । यसैकारणले अर्थमन्त्री र गभर्नरबीचको तालमेल नमिल्ने उनले जिकिर गरे ।  

विलासिताको सामान विदेशी सञ्चिति कम भइरहेको बेलामा आयात गर्नु हुँदैन भन्दा गभर्नरमाथि कारबाही स्वरुप निलम्वन गरिनु गैरजिम्मेवारी भएको उनको भनाइ थियो । नेता कोइरालाले देशको आर्थिक स्थिति कमजोर भइरहेको बेलामा विलासिताका सामान, मरिच, सुपारी, मटर दानालगायत सामग्रीहरु आयात गर्नैपर्ने आवश्यक्ता किन छ भन्ने प्रश्नको उत्तर सरकारले दिनुपर्ने बताए । 

नेता कोइरालाले सरकारले अहिले गरेका नियुक्तिमाथि पनि प्रश्न गउठाए । सरकारले राजदूतहरुमा गरेको नियुक्ति संविधानविरुद्ध भएको र त्यसमा समावेशी नभएको आरोप उनको छ । 

नेता कोइरालाले नेपाल टेलिकमको प्रबन्ध निर्देशक ओम्नी काण्डमा मुछिएको व्यक्ति भएको र विवादित व्यक्तिलाई नियुक्ति गर्नुको कारण सरकारले जनतालाई दिनुपर्ने बताए । 

नेता कोइरालाले नेपाली कांग्रेस पार्टी लोकतन्त्रवादी भएकाले कम्युनिस्ट पार्टीजस्तो मनलाग्दी भन्न र गर्न नमिल्ने बताए । 





  • प्रकाशित मिति : चैत २९, २०७८ मंगलबार १७:३९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया