सुर्खेतमा २४ वर्षीय युवती बलात्कृत भएकी छन् ।
ती युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नगरपालिका-५ कालिका बस्ने ३१ वर्षीय सुग्रीव नेपालीलाई मंगलबार राति पक्राउ गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका-५ कालिका टोल नजिकैको जंगलमा सुग्रीव नेपाली र सोही ठाउँ बस्ने १९ वर्षीय रोशन गुरुङले युवतीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले घटनामा संलग्नमध्ये सुग्रीवलाई पक्राउ गरेको हो ।
घटनामा संलग्न हाल फरार रोशन गुरुङको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।