लिखत रजिस्ट्रेसन प्रारम्भ भएको शतवार्षिकी आजदेखि, तीन दिन विशेष कार्यक्रम गरी मनाइँदै

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिखत रजिस्ट्रेसन प्रारम्भ भएको शतवार्षिकी आजदेखि तीन दिनसम्म विशेष कार्यक्रम गरी मनाउँदै छ । 

वि.सं. १९७९ साल वैशाख १ गतेबाट सुरु भएको लिखत रजिस्ट्रेसन पारित भएको औपचारिक रूपमा एक सय वर्ष पूरा भएको अवसरमा भोलि विशेष कार्यक्रमको आयोजना गरिएको छ । 

शतवार्षिकीका अवसरमा २०७८ साल चैत्र ३० गतेदेखि २०७९ साल वैशाख २ गतेसम्म मन्त्रालय, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभाग अन्र्तगत सबै भूमिसुधार/मालपोत कार्यालयहरु र नापी कार्यालयहरूमा विशेष कार्यक्रम गरी मनाइँदै छ । 

कार्यक्रमबारे जानकारी दिन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले संविधानमा व्यवस्था भएअनुसार भूमिहिन दलितहरूलाई लालपूर्जा वितरणलाई विशेष प्राथमिकतामा राखेर सिन्धुलीको दुधौलीमा रहेका मुसहरबस्तीबाट लालपूर्जा वितरणको काम सुरु गरिएको जानकारी दिइन् ।

उनले नयाँ वर्षको दिनमा मनाउन लागिएको शतवार्षिकी तथा नयाँ वर्षले भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान गरी संविधानमा व्यवस्था भए अनुसार नागरिकको हक प्राप्तिको अभियान सफल हुने विश्वास र शुभकामना समेत व्यक्त गरिन् ।

लिखत रजिस्ट्रेसन प्रारम्भ भएको शतवार्षिकीको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा भोलि अपराह्न ४ बजे राष्ट्रिय सभागृहमा विशेष समारोहको आयोजना गरिएको छ । 
 





  • प्रकाशित मिति : चैत ३०, २०७८ बुधबार १५:१६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया