प्रो क्लब क्रिकेट च्याम्पियनसिप : जितका बाबजुत पुस स्पोर्ट्स बाहिरियो

नेपाल प्रो क्लब च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा भारतको पुस स्पोर्ट्स दिल्लीले दोस्रो जित हात पारेको छ । 

पुस स्पोर्ट्सले समूह ‘ए’अन्तर्गत आज सम्पन्न खेलमा रुपन्देही-११ माथि ४ विकेटको जित निकालेको हो ।

१०४ रनको लक्ष्यको पुस स्पोर्ट्सले १८ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍याे । उसका लागि विशेष सरोहले अविजित २६ रनको योगदान दिए ।

कप्तान मृगान्क पाठकले १९ रन बनाउँदा अविषेक अग्रवाल १४ रनमा अविजित रहे । 

रुपन्देहीका लागि विशाल विक्रम केसी र विक्रम भुसालले दुई-दुई तथा रूपेश कुर्मी र बसिर अहमदले एक-एक विकेट हात पारे । 

यसअघि भैरहवाको सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको रुपन्देहीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०३ रन बनाएको थियो । 



लुम्बिनीका लागि विशाल विक्रम केसीले सर्वाधिक २९ रनको योगदान दिए । 

बसिर अहमदले २८ रन बनाउँदा रुपेश कुर्मी १२ रनमा अविजित रहे ।



पुस स्पोर्ट्सका लागि हर्षवर्धन फोगट, प्रणय प्रसाद, विशेष सरोह, स्पर्श र मायन्क गुप्ताले २-२ विकेट लिए । 

हारका बाबजुत पनि रुपन्देहीले तीन खेलमा चार अंक जोड्दै समूह उपविजेताको रूपमा सेमिफाइनल पुग्दा जित निकालेको पुस स्पोर्ट्सले समान खेलबाट चार अंक नै जोडे पनि समूह चरण पार गर्न सकेन । 

पुस स्पोर्ट्सको यो जितसँगै तीन खेलमा चार अंक नै जोडेको मलेसिया-११ ले भने समूह विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको छ । 

तीनै टोलीको समान चार अंक भए पनि नेट रन रेटका आधारमा मलेसिया-११ र रुपन्देही-११ अघि बढेका हुन् । 

मलेसियाको नेट रन रेट ०.५३०, रुपन्देहीको ०.३९७ र पुस स्पोर्ट्सकाे माइनस ०.०३८ रह्यो । 

  • प्रकाशित मिति : चैत ३०, २०७८ बुधबार १७:४४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया