शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नयाँ वर्षले उत्प्रेरित गर्नेछ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले नयाँ साल २०७९ ले समृद्ध नेपाल निर्माणमा एकाकार भएर लाग्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वासमा व्यक्त गरेका छन् । नयाँ वर्षको सुरुआतका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले संविधानको पूर्ण पालना, राजनीतिक स्थायित्व कायम तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नयाँ वर्षले उत्प्रेरित गर्ने पनि बताएका छन् ।

विक्रम् संवत् २०७९ लाई निर्वाचन वर्षकारूपमा स्वागत गरिएको उल्लेख गर्दै उनले स्थानीय सरकार गठनका लागि ३० वैशाखमा हुने निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन सम्पूर्ण नेपालीलाई अपिल पनि गरेका छन् ।

राष्ट्रको प्राथमिकता संविधानको पूर्ण कार्यान्वयन, राजनीतिक स्थायित्व, स्थायी शान्ति, दिगो विकास तथा प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक रूपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माण गर्नु रहेको बताउँदै उपराष्ट्रपति पुनले त्यसमा ध्यान केन्द्रित गर्न पनि आग्रह गरेका छन् । 

उनले देशविदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सु–स्वास्थ्य, उत्तरोत्तर प्रगति एवं राष्ट्रको निरन्तर समुन्नति र समृद्धिको कामनासमेत गरेका छन् । 






  • प्रकाशित मिति : बैशाख १, २०७९ बिहीबार ७:४८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया