अमेरिकी कांग्रेसका ३९८ सदस्यमाथि रुसले लगायो प्रतिबन्ध

युक्रेनलाई लिएर वासिङ्टनले गरेको दण्डात्मक कदमको बदलास्वरूप रुसले बुधबार अमेरिकी कांग्रेसका ३९८ सदस्यमाथि प्रतिबन्ध लगाएको छ । 

 ‘अमेरिकाले लगातार लगाउँदै आएको प्रतिबन्धलाई ध्यानमा राख्दै, निकट भविष्यमा रुसी प्रतिबन्धका थप घोषणाहरू गर्ने योजना छ’, रुसी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । उनीहरूलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको छ । 

रुसले क्यानडाको सिनेटका ८७ सदस्यहरूमाथि पनि प्रतिबन्ध लगाएको छ । ओटावाको ‘अदूरदर्शी’ नीतिहरूको जवाफमा थप कदम चालिने पनि विदेश मन्त्रालयले चेतावनी दिएको छ । 

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ फेब्रुअरीमा युक्रेनमाथि हमला सुरु गरेसँगै पश्चिमा देशहरुले मस्कोमाथि विभिन्न प्रतिबन्धहरू लगाएका थिए । त्यसको बदलामा रुसले पनि ति देशहरूमाथि प्रतिबन्ध लगाएको हो ।

यसैबीच, रुसी सेनाले आफ्नो हमला पूर्वी युक्रेनमा केन्द्रित गरेको छ ।
 





  • प्रकाशित मिति : बैशाख १, २०७९ बिहीबार ९:३९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया