चर्चित बडीबिल्डर सेड्रिक म्याकमिलनकाे निधन

चर्चित बडीबिल्डर सेड्रिक म्याकमिलनको ४४ वर्षको उमेरमा निधन भएको छ ।

उनकाे हृदयघातका कारण मृत्यु भएकाे हाे । ट्रेडमिलमा दाैडिने क्रममा उनलाई हृदयघात भएकाे विदेशी सञ्चारमाध्यमले जनाएका छन् ।

म्याकमिलन ‍‍लामो समयसम्म कोभिड समस्यासँग लडिरहेका थिए । यसका साथै उनी मुटुसम्बन्धी समस्याबाट ग्रसित पनि थिए । 

उनी एक-दुई पटक अस्पताल पनि भर्ना भएका थिए । 

अमेरिकामा बस्ने म्याकमिलन प्रोफेसनल बडीबिल्डर हुनुका साथै अमेरिकी सेनाका प्रशिक्षक पनि थिए । 

सन् २०१७ मा आर्नोल्ड क्लासिक बडीबिल्डिङको उपाधि जितेर उनले विश्वभर तहल्का मच्चाएका थिए ।



२८ फेब्रुअरीमा उनले इन्स्टाग्राममा एक भिडियाे अपलाेड गरी आफ्नाे शरीरसँग जाेडिएका समस्याहरूकाे बारेमा बताएका थिए ।



  • प्रकाशित मिति : बैशाख १, २०७९ बिहीबार १०:५९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया