मोरङको विराटनगर महानगरपालिका-१८ फोरलाइनस्थित सडकमा को १ च ५३०१८ नम्बरको पिकअप भ्यानबाट करिब १२० केजी अवैध लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।
बुधबार राति उक्त परिमाणमा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
फोरलाइनस्थित सडकमा पिकअप भ्यान रोकी चालक फरार भएपछि इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले भ्यानको तलासी लिएको थियो ।
तलासीका क्रममा उक्त गाडीमा प्रहरीले गाँजा फेलापारी बरामद गरेको हो । हाल फरार भ्यानका चालकको प्रहरीले खोजी गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।