आइपिएल २०२२ : राजस्थानलाई हराउँदै गुजरात अंक तालिकाको शीर्ष स्थानमा

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा गुजरात टायटन्सले चौथो जित निकालेको छ । गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै गुजरातले चौथो जित निकालेको हो ।

योसँगै ऊ अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ ।​ गुजरातले पाँच म्याच खेल्दा एक खेलमा मात्र हार बेहोरेको छ । राजस्थानको भने यो दोस्रो हार हो । उसले पाँचमध्ये तीन खेलमा भने जित हात पारेको छ ।

गुजरातसँगको हारपछि राजस्थान तेस्रो स्थानमा खस्किएको छ । आफ्नो पाँचौँ खेलमा गुजरातले दिएको १९३ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५५ रन मात्र बनाउन सक्यो । उसका लागि प्रारम्भिक ब्याटर जोस बटलरले आक्रामक पारी खेले पनि अन्यको प्रदर्शन सन्तोषजनक रहन सकेन । 

दोस्रो अर्धशतक बनाउने क्रममा बटलरले २४ बलमा आठ चौका र तीन छक्कासहित ५४ रन बनाए । त्यस्तै, शिमरोन हेटमायर २९, रियान पराग १८, जिमी नीशम १७ र कप्तान सञ्जु सामसन ११ रनमा आउट भए । 

गुजरातका लागि यस दयाल, लकी फर्गुसनले तीन/तीन, हार्दिक पाण्ड्या र मोहम्मद शामीले एक/एक विकेट लिए । गुजरातलाई एक विकेट भने रन आउटको रूपमा प्राप्त भयो ।  

त्यसअघि मुम्बईको डिवाइ पाटिल पोर्ट्स एकेडेमीमा टस हारेर ब्याटिङको मौका पाएको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९२ रन बनाएको थियो । 



उसका लागि हार्दिक पाण्ड्याले उत्कृष्ट पारी खेले । उनले ५२ बलमा आठ चौका र चार छक्कासहित अविजित ८७ रनको योगदान दिए । जारी सिजनमा पाण्ड्याको लगातार दोस्रो अर्धशतकीय पारी हो ।

अभिनव मनोहरले ४३, डेविड मिलरले अविजित ३१, शुभमन गिलले १३ र म्याथ्यू वेड १२ रनको योगदान दिए । राजस्थानका लागि युजवेन्द्र चहल, कुलदीप सेन र रियान परागले एकरएक विकेट लिए । राजस्थानले एक विकेट रन आउटको रूपमा प्राप्त गर्‍यो । 



  • प्रकाशित मिति : बैशाख २, २०७९ शुक्रबार ६:३४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया