अफगानिस्तान, ओमान र यमनसँग मैत्रीपूर्ण फुटबल खेलाउने एन्फाको तयारी

नेपाल राष्ट्रिय फुटबल टोलीले एएफसी एसिया कप–२०२३ अघि तीन अभ्यास खेल खेल्ने तयारी गरेको छ । शुक्रबार भएको पत्रकार सम्मेलनमा टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छनोटको तयारीका लागि तीन अभ्यास खेल खेल्ने तयारी गरेको जानकारी दिए ।

‘हामीले अभ्यास खेल्नका लागि तीन टिमसँग तयारी गरेका छौं,’ प्रशिक्षक अलमुताइरीले भने । नेपालले अफगानिस्तान, ओमान र यमनसँग मैत्रीपूर्ण फुबटल खेल्ने तयारी गरिरहेको उनले बताए । प्रशिक्षक अलमुताइरीले अफगानिस्तानसँग खेल्ने कुरा ९० प्रतिशत पूरा भएको र दुई टिमसँग कुरा चलिरहेको बताए । 

टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले पनि ती टिमसँग प्रस्ताव गरेको र तयारी भइरहेको बताए । एएफसी एसिया कप छनोटको तेस्रो चरणको तयारीका लागि नेपाली टोलीले आजबाट दशरथ रंगशालामा आफ्नो प्रशिक्षण सुरु गरिसकेको । टोलीले बिहानी सत्र दशरथ रंगशालामा र साँझको अभ्यास सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा गर्नेछ । 

छनोटको समूह ‘ए’ मा रहेको नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् । तीनै टोली फिफा वरियतामा नेपालभन्दा माथि छन् । छनोटको सबै खेल कुवेतमा हुनेछन् ।

नेपालले छनोटको पहिलो खेल ८ जुनमा जोर्डनविरुद्ध खेल्ने तालिका छ । दोस्रो खेलमा नेपालले ११ जुनमा कुवेत र तेस्रो खेलमा १४ जुनमा इन्डोनेसियाको सामना गर्नेछ ।  






  • प्रकाशित मिति : बैशाख २, २०७९ शुक्रबार १२:४१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया