इतिहासकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी ह्याकिङमा उत्तर कोरिया संलग्न : अमेरिका

उत्तर कोरियाली ह्याकरहरूले मार्चमा ६१.५ कराेड अमेरिकी डलरकाे क्रिप्टोकरेन्सी चोरी प्रकरणमा संलग्न भएको अमेरिकाले आराेप लगाएकाे छ।

एक अनलाइन गेमिङ कम्पनीसँग मिली उत्तर काेरियाली ह्याकरहरू चाेरी प्रकरणमा सामेल भएकाे अमेरिकी अनुसन्धान एजेन्सी एफबिआईले जनाएकाे हाे।

मार्चमा ‘'एक्सी इनफिनिटी’ नामको लोकप्रिय अनलाइन गेमिङ कम्पनीलाई ठूलो झट्का लागेको थियो । यस कम्पनीले आफ्ना ग्राहकहरूलाई अनलाइन गेम खेलेर क्रिप्टोकरेन्सी कमाउने अवसर दिन्छ ।

अमेरिकी अधिकारीहरूका अनुसार क्रिप्टोकरेन्सीको इतिहासमा यो सबैभन्दा ठूलो ह्याकिङमा उत्तर कोरियाको ‘लाजरस’ समूह संलग्न रहेको छ । यो समूह उत्तर कोरियाको इन्टेलिजेन्स ब्यूरोले सञ्चालन गरेको मानिन्छ ।

एफबिआईले बिहीबार आफ्नो बयानमा भन्यो, ‘आफ्नाे अनुसन्धानमा हामीले लाजरस समूह र ‘एपिटी ३८’ का साइबर आक्रमणकारीहरू यस चोरीको लागि जिम्मेवार रहेको पायौं ।’

लाजरस समूह सन् २०१४ मा चर्चामा आएको थियो । उसले त्यतिबेला सोनी पिक्चर्स ह्याक गरेको र यसको गोप्य डाटा सार्वजनिक गरेको आरोप लागेकाे थियाे ।



उक्त समूहले सोनीलाई आफ्नो आगामी फिल्म ‘द इन्टरभ्यु’ रिलिज नगर्न आग्रह गरेको थियो । 

त्यो कमेडी फिल्म उत्तर कोरियाली शासक किम जोङ उनको हत्याको षड्यन्त्रमा बनेको थियो ।



  • प्रकाशित मिति : बैशाख २, २०७९ शुक्रबार १४:२३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया