जिम्बावेसँग खेल्ने सिरिजको खेल तालिका सर्वाजनिक
फाइल फाेटाे

नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बावेको ‘ए’ टोलीसँग हुने एक दिवसीय र टी-२० सिरिजको खेल तालिका सर्वाजनिक गरेको छ । 

क्यानले निकालेको खेल तालिका अनुसार तीन खेलको एकदिवसीय सिरिज ३० अप्रिल देखि ४ मेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

सिरिजको पहिलो खेल ३० अप्रिल, दोस्रो खेल २ मार्च र तेस्रो तथा अन्तिम खेलमा ४ मार्चमा हुनेछ । 

त्यस्तै, नेपालले त्रिविमै मे ६ देखि ९ सम्म तीन खेलको टी-२० सिरिज पनि खेल्ने छ । सिरिजको पहिलो खेल ६ मे, दोस्रो खेल ७ मे र तेस्रो तथा अन्तिम खेल ९ मेमा हुनेछ ।  


 





  • प्रकाशित मिति : बैशाख २, २०७९ शुक्रबार १५:५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया