पछिल्लो २४ घण्टामा देशभर थप १४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप १४ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
३ हजार ३० पिसिआर परीक्षण र ८७३ जनाको एन्टिजेन परीक्षण गरिएकाे थियाे।
पछिल्लाे २४ घन्टामा काेराेनाबाट कसैकाे पनि मृत्यु भएकाे छैन । हालसम्म नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।
यही अवधिमा थप ५५ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १ हजार ४३८ जना संक्रमित रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।