सिरी ए : इन्टर मिलानकाे सहज जित

इटालियन सिरी ए अन्तर्गत गएरातिकाे खेलमा इन्टर मिलानले सहज जित हात पारेकाे छ ।

इन्टर मिलानले घरेलु टाेली स्पेजियालाई ३-१ ले हराएकाे हाे ।

अल्बर्टाे पिकाे स्टेडियममा पाहुना टाेलीलाई जित दिलाउन मार्सेलाे ब्राेजाेभिच, लाउटाराे मार्टिनेज र एलेक्सिस साञ्चेजले एक-एक गाेल गरे । 

स्पेजियाका लागि ज्युलियो म्यागियोरेले एक गाेल फर्काए ।

खेलकाे ३१ औं मिनेटमा ब्रोजोभिचकाे गाेलमार्फत इन्टरले अग्रता लिएकाे थियाे । ७३ औं मिनेटमा मार्टिनेजले टाेलीकाे अग्रता दाेब्बर बनाए ।

८८ औं मिनेटमा म्यागियाेरेले घरेलु टाेलीलाई २-१ काे अवस्थामा ल्याए । थप गरिएकाे समयमा साञ्चेजले गाेले गरेपछि  इन्टरले ३-१ काे सहज जित हात पार्‍याे ।



जितसँगै दोस्रो स्थानकाे इन्टरले ३२ खेलमा ७९ अंक जाेड्दा पराजित स्पेजिया ३३ खेलमा ३३ अंकका साथ १५ औं  स्थानमा छ ।



  • प्रकाशित मिति : बैशाख ३, २०७९ शनिबार ७:५०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया