आगामी तीन दिनकाे माैसम पूर्वानुमान यस्ताे

हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

हाल देशकाे पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज (शनिबार)दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भूभागमा आंशिक बदली रहने छ । 

देशको पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित क्षनिक वर्षाको सम्भावना रहेको छ ।

राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । 

प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागकाे एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित क्षनिक वर्षाको सम्भावना रहेको छ ।



भाेलि(आइतबार) दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । 

देशको पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।



राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

पर्सि(सोमबार) दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
 

  • प्रकाशित मिति : बैशाख ३, २०७९ शनिबार ८:२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया