स्थानीय तह निर्वाचन : बेसीसहर नगरपालिकाको नगरप्रमुखमा कांग्रेसबाट ६ जना आकांक्षी

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा उम्मेदवार सिफारिसका लागि पार्टीभित्र आन्तरिक छलफललाई तीव्र बनाएको छ ।  

लमजुङको बेसीसहर नगरपालिका प्रमुख उम्मेदवारका लागि नेपाली कांग्रेसका ६ जनाले दाबी गरेका छन् । 

स्थानीय तह निर्वाचन नजिकिएसँगै उम्मेदवार छनाेटमा लागेको नेपाली कांग्रेसले स्थानीय तहबाट उम्मेदवार सिफारिस गर्ने क्रममा कार्यकर्ता भेला गरी आकांक्षीहरूको आवदेन संकलन गरेको हो । 

सो क्रममा बेंसीसहर नगरपालिका प्रमुखका लागि पार्टीको जिल्ला पदाधिकारीसहितका ६ जनाले आवेदन दिएका छन् ।

नगरप्रमुखमा नेपाली कांग्रेस गण्डकी प्रदेश संगठन विभाग प्रमुख एवं निवर्तमान जिल्ला सचिव हरि बराल, जिल्ला उपसभापति श्रीकान्त घिमिरे, जिल्ला सचिव कृष्णबहादुर अधिकारी रहेका छन् । 

त्यसैगरी, नगरप्रमुखको उम्मेदवार आकांक्षीहरूमा महाधिवेशन प्रतिनिधि जीवनकुमार श्रेष्ठ र वृषराज गुरुङ र बेसीसहर-११ की सुप्रिया जोशीले पनि कांग्रेसका तर्फबाट मेयरमा उम्मेदार बन्ने आकांक्षा राखेको नेपाली कांग्रेस बेसीसहर नगर सभापति शरणहरि जोशीले बताए । 



नगरस्तरीय भेलामा प्रमुखसहित उपप्रमुख उम्मेदारीका लागि भने पाँच जनाले आकांक्षा राखेका छन् ।

उपप्रमुख आकांक्षा राख्नेहरुमा नेपाली कांग्रेस महासमिति सदस्य टीका बस्याल, जिल्ला कार्यसमिति सदस्य सरस्वती धिताल, नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति कोषाध्यक्ष तिरकाशी गुरुङ, नेपाल शिक्षक संघ गण्डकी प्रदेश प्रतिनिधि विष्णुमाया भण्डारी, नेका गण्डकी प्रदेश प्रतिनिधि सुस्मिता अधिकारी लगायतले आकांक्षा व्यक्त गरेका हुन् । 



  • प्रकाशित मिति : बैशाख ३, २०७९ शनिबार ८:१६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया