आगामी जेठ १५ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन हुने भएकाे छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले बढ्दाे उडान चापलाई मध्यनजर गर्दै २४ सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो ।
त्रिभुवनसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अब २४ सै घण्टा सञ्चालन हुनेछ ।
यसभन्दा अगाडि २०७५ मा तत्कालीन पर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीले त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याएका थिए ।
त्याेभन्दा पहिला १८ घन्टा मात्र त्रिभुवन विमानस्थल सञ्चालनमा आएकाे थियाे । पछि विमानस्थलकाे मर्मत र काेराेनाका कारण भने सञ्चालन समय घटाइएकाे थियाे ।
यसैगरी, आन्तरिक उडान राति १२ बजेसम्म सञ्चालन हुने भएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।