स्थानीय तह निर्वाचन : कैलालीमा जसपा र लोसपाबीच ‍गठबन्धन हुने

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेका छन् ।

दोस्रो पटक प्रतिनिधिसभा विघटनलगत्तै विभाजित भएका दुई पार्टीका नेताले कैलालीमा भने स्थानीय तहको निर्वाचनका लागि पुनः एकजुट भएको घोषणा गर्दै दुई दलबीच गठबन्धन गरेर जाने निर्णय गरेका हुन् । 

दुई पार्टीबीच  पहिलो पटक कैलालीमा गठबन्धन भएको हो ।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत् जसपा र लोसपाको स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने घोषणालाई नेपाल लोकतान्त्रिक पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले समेतसाथ दिएका छन् । 

सुदूरपश्चिम सरकार पुनर्गठन हुँदा असन्तुष्ट जसपाले पाँच दलीय गठबन्धन तोडेर लोसपासँग गठबन्धन गर्ने निर्णयसँगै गठबन्धन तोडेको यो दोस्रो घटना पनि हो । 

यसअघि बाँकेमा जसपा नेपालले पाँच दलीय गठबन्धन तोडिएको घोषणा गरेको थियो । 



नयाँ गठबन्धनको घोषणामा जसपा जिल्ला अध्यक्ष गयाप्रसाद चौधरी, लोसपा जिल्ला अध्यक्ष कृष्ण चौधरी, लोकतान्त्रिक पार्टीका अध्यक्ष माधव थारुलगायतले हस्ताक्षर गरेका छन । 

सो घोषणा गरेसँगैँ सुदुरपश्चिममा औपचारिक गठबन्धन टुट्ने यो दोस्रो जिल्लामा दरिएको छ । हिजो मात्रै डोल्पामा पाँच दलबीच गठबन्धन गर्न नसकिने भन्दै राजनीतिक संयन्त्रको बैठकले प्रदेश कार्यालयलाई पत्र पठाईएको थियो ।



  • प्रकाशित मिति : बैशाख ३, २०७९ शनिबार १२:१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया