स्थानीय तह निर्वाचन : जसपाले दुई जिल्लामा गठबन्धन नगर्ने

स्थानीय तह निर्वाचनका लागि केन्द्रमा पाँच दलीय गठबन्धन गरेर जाने सैद्धान्तिक सहमति भए पनि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले दुई जिल्लामा गठबन्धन नगर्ने निर्णय लिएको छ ।

शुक्रवार बाँकेमा गठबन्धन नगर्ने घोषणा गरेको जसपा नेपालले शनिबार कैलालीमा पनि गठबन्धन नगर्ने निर्णय लिएको हो । 

नेपालगञ्जको मेयर जसपालाई नदिने अडान कांग्रेसले राखेको भन्दै गठबन्धनबाट बाहिरिनु परेको जिल्ला अध्यक्ष कमुरुद्धिन राईले जनाएका छन् । 

बाँकेमा एक्लै स्थानीय तहको निर्वाचनमा होमिने निर्णय गरेको जसपाले कैलालीमा भने गठबन्धन गरेर निर्वाचनमा जाने भएको छ ।

कैलालीमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाललगायतसँग गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय लिइएको जिल्ला अध्यक्ष गयाप्रसाद चौधरीले जानकारी दिएका छन् । 
 





  • प्रकाशित मिति : बैशाख ३, २०७९ शनिबार १२:३८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया