राष्ट्रिय जनमोर्चाको महासचिव मनोज भट्टले भूमिकास्थान नगरपालिकाको नगर प्रमुख नपाए गठबन्धन स्वीकार्य नहुने बताएका छन् ।
कसैको दान र कृपाका आधारमा नभई क्षमताका आधारमा भाग चाहिने उनले बताए । उनले सम्मानजनक भागबन्डा नभए गठबन्धन स्वीकार्य नहुने दाबी गरेका हुन् ।
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले भूमिकास्थान नगरपालिका–३ धारापानीमा गरेको आमसभालाई सम्बोधन गर्दै महासचिव भट्टले एमालेले धर्मको राजनीति गरेका कारण आफूहरूले विकल्प खोजेको बताए ।
कांग्रेससँग नीति सिद्धान्त मिलेरभन्दा पनि प्रतिगमन परास्त गर्नका लागि कांग्रेस माओवादीसँग गठबन्धन गर्नुपरेको नेता भट्टको दाबी थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।