राष्ट्रिय भेट्रान्स कप फुटबलमा एकैदिन ६ खेल

पोखरामा जारी राष्ट्रिय भेट्रान्स कप ९ ए साइड फुटबल प्रतियोगितामा एकैदिन ६ खेल भएका छन् । पहिलो खेलमा संगम बीले वोलुङ ठमेललाई ३–१ गोल अन्तरले हरायो । 

संगमका लागि नरेन्द्रजंग गुरुङले २४ र ४१ मिनेटमा गरी दुई गोलको योगदान दिए भने वोलुङका लागि महेन्द्र गुरुङले ४८ मिनेटमा गोल गरेका थिए । दोस्रो खेलमा फ्रिडम फाइटरले हेटौंडा भेट्रानलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । 

फ्रिडमका लागि राजकुमार घिसिङले १६ र ५१औं मिनेटमा गोल गरे भने विक्रम श्रेष्ठले ४१औं मिनेटमा एक थपे । हेटौडाको नागसोती भेट्रानलाई जोरपाटी भेट्रान काठमाडौंले २–१ गोलअन्तरले हरायो । रञ्जित लामा र निमा लामाले जोरपाटीका लागि एकरएक गोल गर्दा नागसोतीका लागि सुलभजंग राणाले सान्त्वना गोल फर्काए । 

ठमेल एमफसीलाई चितवन भेट्रानले २–० गोलले हरायो । चितवनका लागि भरत गुरुङ र सुरेन्द्र चौधरीले ३४ र ४७औं मिनेटमा गोल गरे । सानो गौचरनले पोखराको लेकसाईड भेट्रानलाई ३–० गोलले पराजित गर्‍यो । सागर थापाले दुई र शुक्र तामाङले एक गोल । सागर प्लेयर अफ दि म्याच घोषित भए । भेट्रान टिमको अनुपस्थिति भएपछि मनाङ मर्स्याङ्दी क्लबले वाकओभर पाएर अघिल्लो चरणमा प्रवेश गरेको छ । 

गण्डकी प्रदेश सरकारको आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा विजेता टोलीले नगद ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, सेमिफाइनल पुग्ने टोलीले पनि ३०–३० हजार नगद पाउने आयोजकले जनाएको छ । 

प्रतियोगितामा ४० देखि ६० वर्ष उमेर समूहका खेलाडीहरू सहभागी छन् ।





  • प्रकाशित मिति : बैशाख ३, २०७९ शनिबार २१:३७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया