एक महिनामा मेक्सिकोबाट अमेरिका प्रवेश गर्न खोज्ने दुई लाख १० हजार आप्रवासी पक्राउ

मार्च महिनामा मात्रै मेक्सिको सिमानाबाट अमेरिका प्रवेश गर्नखोज्ने २ लाख १० हजार आप्रवासी पक्राउ परेका छन् । जुन पछिल्लो दुई दशकको अवधिमा यसरी पक्राउ पर्ने सबैभन्दा ठूलो संख्या हो ।

अघिल्लो वर्षको मार्च महिनामा यसरी पक्राउ पर्नेको संख्या १ लाख ६९ हजार थियो । जसअनुसार एक वर्षको अवधिमा सीमा प्रवेश गर्न खोज्ने आप्रवासीको संख्या २४ प्रतिशतले वृद्धि भएको तथ्यांक छ । यसलाई लिएर राष्ट्रपति जो बाइडेनको चुनौतीको रुपमा टिप्पणी हुन थालेको छ ।

अवैध रुपमा सीमा पार गर्ने आप्रवासीलाई रोक्न बाइडेनलाई हम्मेहम्मे परेको छ । बाइडेनले २०२१ को जनवरीमा पदभार सम्हालेपछि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टरपन्थी अध्यागमन नीतिलाई उल्टाउने वाचा गरेका थिए । 

रिपब्लिकनका नेता ट्रम्पले भने मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने भन्दै बजेटसमेत छुट्याएका थिए । आप्रवासीहरूलाई लक्षित गर्दै उनले मेक्सिकोसँगको सीमा कडा गर्ने वाचा गरेका थिए ।

यस वर्षको मार्चमा अवैध रुपमा सीमा पार गर्न खोज्नेहरूको संख्या अनपेक्षित रुपमा बढेको देखिएको हो । यससँगै बाइडेनको कार्यकालमा आप्रवासन समस्या बढ्नसक्ने भन्दै विभिन्न पक्षबाट टिप्पणी हुने गरेको छ । 





  • प्रकाशित मिति : बैशाख ३, २०७९ शनिबार २१:५४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया