राेनाल्डाेकाे ह्याट्रिकमा युनाइटेडकाे राेमाञ्चक जित
फरकधार / ४ बैशाख, २०७९

इंग्लिस प्रिमियर लिगमा गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले रोमाञ्चक जित निकालेको छ । घरेलु टाेली युनाइटेडले नर्विच सिटीविरुद्ध ३-२ को जित निकालेको हो । 



ओल्ड ट्राफाेर्डमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक पूरा गरे । नर्विचका लागि किरन डोवेल र टिमु पुकीले एक/एक गाेल फर्काए ।

खेलको सातौं मिनेटमा रोनाल्डोले युनाइटेडलाई अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।



पहिलो हाफको थप गरिएकाे समयमा डोवेलले गोल गर्दै नर्विचलाई २-१ को स्थितिमा ल्याए । ५२ औं मिनेटमा पुकीले पाहुना टाेलीलाई २-२ को बराबरीमा ल्याए ।



७६ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दै युनाइटेडलाई ३-२ को राेमाञ्चक जित दिलाए । याे रोनाल्डोको  करिअरको ६० औं ह्याट्रिक हो । 

जितसँगै ३२ खेलमा ५४ अंक जोडेको युनाइटेड पाँचौं स्थानमा रहँदा पराजित नर्विच समान खेलबाट २१ अंकका साथ पुछारमा छ ।

लिग अन्तर्गतकै अन्य खेलमा ब्राइटनले टाेटेनहम तथा साउथह्यामटनले आर्सनलमाथि समान १-० को जित हात पार्दा ब्रेन्टफाेर्डले वाटफाेर्डलाई २-१ ले हरायाे । 

  • प्रकाशित मिति : बैशाख ४, २०७९ आइतबार ६:५२:१२,   अन्तिम अपडेट : बैशाख ४, २०७९ आइतबार ६:५८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया