बुन्डेस लिगा : उल्फ्सवर्गको पोस्टमा डर्टमण्डकाे आधा दर्जन गोल

जर्मन बुन्डेस लिगामा गएराति भएकाे खेलमा बोरुसिया डर्टमण्डले फराकिलो जित निकालेको छ । घरेलु टाेली डर्टमण्डले उल्फ्सवर्गविरुद्ध ६-१ गोल अन्तरको जित निकालेको हो । 

डर्टमण्डको जितमा इर्लिङ हालाण्डले दुई तथा टम रोथे, एक्सल विसल, म्यानुएल एकान्जी र इमरे क्यानले एक/एक गोल गरे । उल्फ्सवर्गका रिडल बाकुले एक गोल फर्काए ।

सिंगल इडुना पार्कमा खेलकाे २४ औं मिनेटमा राेथेकाे गाेलमार्फत डर्टमण्डले अग्रता लिएकाे थियाे । २६ औं मिनेटमा विसल र २८ औं मिनेटमा  एकान्जीले गाेल गरेपछि घरेलु टाेली ३-० ले अघि बढ्याे ।

३४ औं मिनेटमा क्यान र ३८ औं मिनेटमा हालाण्डले गाेल गर्दै डर्टमण्डलाई पहिलाे हाफमै ५-० काे फराकिलाे अग्रता दिलाए । ५४ औं मिनेटमा हालाण्डले व्यत्तिगत दोस्रो गाेल गरेपछि डर्टमण्ड ६-० ले अघि बढ्याे । ८१ औं मिनेटमा बाकुले खेललाई ६-१ काे अवस्थामा ल्याए । 

याे जितसँगै ३० खेलमा ६३ अंक जोडेको डर्टमण्ड दोस्रो स्थानमा रहँदा पराजित उल्फ्सवर्ग समान खेलबाट ३४ अंकका साथ १३ औं स्थानमा छ । 





  • प्रकाशित मिति : बैशाख ४, २०७९ आइतबार ७:११:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया