सिरी ‘ए’ : भ्लाहोभिचको गोलमा हारबाट जोगियो युभेन्टस

इटालियन सिरी ‘ए’ मा गएराति सम्पन्न खेलमा घरेलु टोली युभेन्टस बराबरीमा रोकिएको छ । एलियन्ज स्टेडियममा भएको खेलमा युभेन्टसले ९ खेलाडीमा सीमित बोलोग्नासँग १–१ को बराबरी खेलेको हो ।

निकै तनावपूर्ण खेलको ५२ औं मिनेटमा मार्को एर्नाउटोभिचले पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाए । उनी रोबर्टो सोरियानोको पासमा गोल गर्न सफल भए ।

८४ औं मिनेटमा एडामा सोउमाओरो सिधै रातो कार्ड बेहोर्दै मैदानबाट बाहिरिएपछि बोलोग्ना १० खेलाडीमा सिमित बन्यो । त्यसमै प्रतिवाद गरेपछि रेफ्रीले ग्यारी मेडेललाई पनि दोहोरो पहेँलो कार्ड देखाउँदै मैदान बाहिर पठाएपछि बोलोग्ना ९ खेलाडीमा समेटियो । 

थप गरिएको समयमा डुसान भ्लाहोभिचले  उत्कृष्ट गोल गर्दै युभेन्टसलाई हारबाट जोगाए । उनले अल्भारो मोराटको पासलाई ओभर हेड किकमार्फत पोस्टको दिशा दिएका थिए । 

यो बराबरीसँगै ३३ खेलमा ६३ अंक जोडेको युभेन्टस चौथो स्थानमा रहँदा ३२ खेलबाट ३८ अंकका साथ बोलोग्ना १३ औं स्थानमा छ । ​लिगअन्तर्गतकै अन्य खेलमा काग्लियरीले सासोउलो तथा फियोरेन्टिनाले भनेजियामाथि समान १–० को जित हात पारे । 

त्यस्तै, उडिनेसले इम्पोलीलाई ४–१ तथा सालेर्निटाले साम्पडोरियालाई २–१ ले हराउँदा लाजियो र टोरिनोले १–१ को बराबरी खेले ।





  • प्रकाशित मिति : बैशाख ४, २०७९ आइतबार ७:४९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया