नेपाल खेलकुद महासंघ मकवानपुरको अध्यक्षमा सविन मोक्तान निर्वाचित भएका छन् । शनिबार हेटौंडामा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनले मोक्तानको अध्यक्षतामा ३१ सदस्यीय कमिटी पनि चयन गरेको छ ।
अधिवेशनले बिक्रम लामिछाने र रूपा ढुंगानालाई उपाध्यक्ष चयन गर्यो । संगीत श्रेष्ठ सचिव चुनिएकी छन् । त्यसैगरी सहसचिवमा रोशन ठकुरी तथा आशिष थापामगर र केदार थिङ कोषाध्यक्षमा निर्वाचित भए ।
नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा एमाले प्रदेश कमिटी सदस्य अनन्त पौडेल तथा बलराम बल, एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, खेलकुद महासंघका स्थायी कमिटी सदस्य एवं बागमती इन्चार्ज धरमबहादुर लामा, सचिवालय सदस्य एवं स्वास्थ्य विभाग प्रमुख दिपक न्यौपाने, केन्द्रीय सदस्यहरू बुद्धि डिम्डुङ, दिपक खड्का तथा चन्द्र शाही, महासंघ बागमती प्रदेश सचीव जनरल श्रेष्ठ र कोषाध्यक्ष इन्द्र सन्जेललगायतको उपस्थिति रहेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।