स्याङ्जामा जिप दुर्घटना, बालकसहित पाँच जनाको मृत्यु

स्याङ्जामा जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । जिल्लाको वालिङ नगरपालिका–१२ डाँडाखर्कस्थित आइतबार बिहान साढे १० बजे जिप दुर्घटना हुँदा एक बालकसहित पाँचजनाको मृत्यु भएको हो । 

जिपमा सवार ११ मध्ये ६ जना घाइते भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । मृतकको पहिचान गर्ने प्रयास भइरहेको र घाइतेलाई उपचारका लागि पोखरा पठाइएको वालिङ नगरपालिकाका मेयर दीलिपप्रताप खाँणले जानकारी दिए । 

जिप चालक तथा यात्रुको पूर्ण विवरण प्राप्त हुन बाँकी छ ।  


 





  • प्रकाशित मिति : बैशाख ४, २०७९ आइतबार १२:२९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया