सिंहदरबारमा बाबुराम-उपेन्द्रसँग प्रचण्डको भेटवार्ता

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र जनता समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष दाहालसँग जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र जसपा केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले आइतबार भेटवार्ता गरेका हुन् ।

आइतबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तीन नेताबीच छलफल भएको हो । नेताहरूले बिहान ११ः४५ देखि १२ः२० सम्म सामूहिक रूपमा छलफल गरेका थिए । 

छलफलपछि नेताहरू सिंहदरबारबाट सँगसँगै बाहिरिएका थिए । भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै जसपा केन्द्रीय समिति अध्यक्ष यादवले सामान्य गफगाफ मात्रै भएको बताए । 

आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूले गठबन्धन गरेर जाने निर्णय गरेको भए पनि कतिपय स्थानीय तहहरूमा सत्तारुढ दलबीच गठबन्धन बन्न सकेको छैन । 

गठबन्धनको सम्बन्धमा विभिन्न अड्कलबाजीहरू भइरहेका बेला गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस र गठबन्धनमा आवद्ध अर्को दल नेकपा (एकीकृत समाजवादी)को अनुपस्थितिमा दुई दलबीच छलफल भएको हो ।





  • प्रकाशित मिति : बैशाख ४, २०७९ आइतबार १५:२३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया