चेल्सी एफए कपको फाइनल प्रवेश गरेको छ । गएरातिको दोस्रो सेमिफाइनलमा क्रिस्टल प्यालेसलाई २–० ले हराउँदै चेल्सी उपाधि नजिक पुगेको हो ।
उसलाई जित दिलाउन रुबेन लोफ्ट्स चिक र मेसन माउन्टले एक/एक गोल गरे । वेम्बली स्टेडियममा ६५ औं मिनेटमा रुबेनको गोलमार्फत चेल्सीले अग्रता लिएको थियो ।
७६ औं मिनेटमा मेसनले गोल गर्दै चेल्सीलाई २–० को सहज जित दिलाए । चेल्सीले उपाधिका लागि लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ ।
फाइनल १४ मेमा हुनेछ । लिभरपुल म्यानचेस्टर सिटीलाई ३–२ ले हराउँदै फाइनल पुगेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।