आज र भोलि पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

आज पनि पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको हो ।

राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ । त्यस्तै, मौसमविदले तराईमा निरन्तर गर्मी बढिरहेकाले त्यसको असरबाट जोगिन पनि अनुरोध गरेका छन् । 

‘देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्दा गर्मीका कारण हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ । 

भोलि पनि पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।

राति प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश–१ को एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।





  • प्रकाशित मिति : बैशाख ५, २०७९ साेमबार ७:५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया