अग्रता जोगाउन नसक्दा न्युकासलसँग लेस्टर सिटी पराजित
फरकधार / ५ बैशाख, २०७९

इंग्लिस प्रिमियर लिगमा गएराति सम्पन्न खेलमा लेस्टर सिटी पराजित भएको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा लेस्टर घरेलु टोली न्युकासल युनाइटेडसँग २–१ ले पराजित भएको हो ।



सेन्ट जेम्स पार्कमा भएको खेदमा न्युकासललाई जित दिलाउन दुवै टोल ब्रुनो गुइमारेसले गर्न सफल भए । लेस्टरका लागि एडेमोला लुकम्यानले एक गोल गरे । 

खेलको १९ औं मिनेटमा लुकम्याले लेस्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । ३० औं मिनेटमा गुइमारेसले न्युकासललाई १–१ को बराबरीमा ल्याए ।



थप गरिएको समयमा गुइमारेसले व्यत्तिगत दोस्रो गोल गरेपछि घरेलु टोलीले २–१ को रोमाञ्चक जित हात पार्‍यो ।



जितसँगै ३२ खेलमा ३७ अंक जोडेको न्युकासल १४ औं स्थानमा रहँदा पराजित लेस्टर ३० खेलबाट ४० अंकका नवौं स्थानमा छ ।

लिगअन्तर्गतकै अर्को खेलमा वेस्टह्यामले बर्नेलीसँग १–१ को बराबरी खेलेको छ । 

  • प्रकाशित मिति : बैशाख ५, २०७९ साेमबार ७:३३:१९,   अन्तिम अपडेट : बैशाख ५, २०७९ साेमबार ७:३७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया