बाजुरामा पनि गठबन्धनमा खटपट, स्वामीकार्तिकमा मिलेन सहमती

केन्द्रमा आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने सत्ता साझेदार दलहरुले सहमतीको प्रयास गरे पनि जिल्लाहरुमा यसको प्रभाव देखिएको छैन । जिल्लामा विभिन्न दलका नेता तथा कार्यकर्ताले आफूहरु गठबन्धनको विपक्षमा रहेको बताइरहेका छन् । 

विशेषगरि सत्तारुढ नेपाली कांग्रेसका विभिन्न जिल्ला समितिहरुले आफूहरु गठबन्धनको विपक्षमा रहेको बताउन थालेका छन् । यहीबीच बाजुरामा पनि गठबन्धन नहुने निश्चित भएको छ ।

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा नेपाली कांग्रेस गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो । नगरको कांग्रेस बैठकले यो निर्णय गरेको हो ।

पालिका अध्यक्ष कांग्रेसले पाउनु पर्ने माग गर्दै आएको कांग्रेसले अन्य दलले यसमा सहमती नदिएपछि यस्तो निर्णय गरेको हो । त्यहाँ नेकपा एकीकृत समाजवादी पार्टीले यसको विरोध गर्दै आफूहरुले नै पालिका अध्यक्ष पाउनु पर्ने माग गरेको छ । स्वामिकार्तिक खापर गाउँपालिकामा नेकपा एकीकृतले आफूहरु बलियो रहेको दाबी गर्दै पालिका अध्यक्ष आफूले पाउनु पर्ने माग गरेको हो ।

तर, आफ्नो बहुमत हुँदाहुँदै समाजवादी र माओवादीलाई अध्यक्ष वा उपाध्यक्षमा समर्थन गर्न नसकिने कांग्रेसको तर्क छ । कांग्रेसले यही कारणले आफूहरुले त्यहाँ गठबन्धन नगर्ने निर्णय गरेको नेपाली कांग्रेस बाजुराका प्रदेशका प्रदेश सचिव जनम धामीले बताए ।

२०७४ को स्थानीय तह निर्वाचनमा स्वामिकार्तिक खापर गाउँपालिकामा नेकपा एमालेले जितेको थियो । नेकपा एमाले बाट निर्वाचित गाउँपालिका अध्यक्ष चिरञ्जिवी शाही र उपाध्यक्ष मिमा बुढा नेकपा एमाले बिभाजनपछि नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका छन् ।





  • प्रकाशित मिति : बैशाख ५, २०७९ साेमबार ८:१६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया